बेनी
लगातारको वर्षाले गर्दा सडक हिलाम्य हुँदा बिदा मनाउनका लागि मुस्ताङ भ्रमणका लागि निस्केका यात्रुहरुलाई सास्ती भएको छ ।
बेनी–जोमसोम सडक खण्ड अन्तरगत पर्ने म्याग्दीको रघुगंगा गाउँपालिका–३ गलेश्वर, रघुगंगा गाउँपालिका–१ बेगखोला तथा अन्नपुर्ण गाउँपालिकाको दाना क्षेत्रमा सडक हिलाम्य हुँदा सास्ती भएको हो । अन्नपुर्ण गाउँपालिका–३ दाना, काभ्रे, रुप्से लगायतको क्षेत्रमा हिलोमा गाडी बस्दा निकै लामो लाम लागेको म्याग्दी कोरला यातायातका सञ्चालक मोहन के.सीले बताउनुभयो । केसी भन्नुहुन्छ अन्य अवस्थामा पनि बेनी–जोमसोम सडक सहज होइत तर अहिलेको वर्षाले झन धेरै जटिल बनायो ।
मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फा खोलामा बाढी आएर सडक अबरोध गरेपछि प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचन आफै उक्त स्थानमा सुरक्षा निकाय सँगको समन्वयमा खटेर सवारी आवतजावत गराउन खट्नु भएको थियो ।
तुलाचन भन्नुहुन्छ–‘नेपाली सेना, प्रहरी लगायतको सुरक्षा निकायको समन्वयमा जिल्ला भित्रका सबै सडक सुचारु गराउने प्रयास जारी छ । अहिले कुनै ठाउँमा रोकिएको छैन तर पनि हिलोले केही स्थानमा कठिन भएको हुन सक्छ ।’ डाँडाहरुमा हिउँ परेको भए पनि अहिले पानी पर्न रोकिएकोले भोलि बेलुकासम्ममा सबै अवस्था समान्य हुने अनुमान गर्न सकिने प्रतिनिधिसभा सदस्य तुलाचनले बताउनुभयो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल भन्नुहुन्छ–‘यो वर्षको वर्षा सकिएको भए पनि वेमौसममा आएको वर्षाले गर्दा म्याग्दी तर्फको सडकमा अबरोध धेरै भएको छ, मुस्ताङको पनि केही स्थानमा सडक सञ्चालनमा समस्या भएको भए पनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा सडक सञ्चालनको प्रयास जारी रहेकै छ ।’ अबरोध छैन तर पनि सजिलो र सहज पनि छैन प्रजिअ पौडेलले भन्नुभयो ।
वर्षाले गर्दा सवारी साधन हिलोमा फस्दा लामो समय सम्म यात्रुहरु सडकमै अलपत्र पर्नु पर्ने अवस्था सृजना भएको उत्तरी म्याग्दीको दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचन भन्नुहुन्छ । बिहान देखि केही रोकिएको भएपनि अहिले पुनः पानी पर्न थालेकोले समस्या फेरी पनि थप हुन सक्ने शेरचनको भनाई छ । उहाँ भन्नुहुन्छ फोरह्वील गाडीलाइ त केही सजिलो होला आरुलाई भने कठीन नै हुन्छ ।
गाेरखापत्र बाट
तस्वीर : अमृतप्रसाद पौडेल
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)