काठमाडौं
देशका विभिन्न स्थानमा ठूलो मात्रामा जनधन क्षति हुनेगरी केही दिनदेखि जारी वर्षा आज (बिहीबार) देखि रोकिएको र मौसम सुधार भएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार बुधबार रातिदेखि नै धेरै स्थानमा पानी पर्न रोकिइसकेको छ।
‘आजदेखि मौसममा सुधार आइसकेको छ। हिजो (बुधबार) रातिदेखि धेरै ठाउँमा पानी पर्न रोकिइसकेको अवस्था छ। हिजो अस्ति ठूलो वर्षा गराउने प्रणाली बाहिरिसकेकाे छ’, माैसमविद् पाैडेलले भने ‘यद्यपि त्यो ठूलो प्रणाली भएकाले त्यसले छाडेका बादल र जलवाष्पले पहाडी भेगमा छिटफुट वर्षा गराउन सक्छ। तर ठूलो वर्षाको सम्भावना अब छैन।’
उनका अनुसार आज धेरै स्थानमा घाम लाग्ने सम्भावना छ।