माेदी , पर्बत
अन्तर्राष्ट्रिय पर्बत समाजको अध्यक्षमा झलक केसी चयन हुनु भएको छ । जिल्लाको जलजला गाउँपालिका–८ नाग्लीवाङमा जन्मिएर हाल बेल्जियमा व्यवसाय संचालन गदै आउनु भएका केसी मोदी गाउँ पालिकाको सुन्दर गाउँ चित्रेमा बिहीबार सम्पन्न महाधिबेशनबाट निर्बिरोध निर्वाचित हुनु भएको हो । समाजको प्रथम उपाध्यक्षमा परशुराम पौडेल , उपाध्यक्ष शेषराज तिमिल्सिना , दधि आचार्य, महिला उपाध्याक्ष संगीता कार्की कुवँर, महासचिव मणि भुर्तेल र सहकोषाध्यक्षमा रुद्रमणि लम्साल चयन हुनु भएको छ । समाजको नेपाल प्रतिनिधिमा मुना भुसाल चयन हुनुभएको छ ।
चित्रेमा आयोजित भव्य समारोहकाबीच राष्ट्रिय सभाका अध्यक्ष सम्माननीय गणेश प्रसाद तिमिल्सीनाले महाधिवेशनको उद्घाटन गर्नु भएको थियो । सो अबसरमा संघीय सांसद पदम गिरी, गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारी, प्रदेश सांसद ललितकला गूरुङ, पूर्व सांसद अर्जुन प्रसाद जोशी, राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधिहरु, कार्यालय प्रमुखहरु, पत्रकार लगायत पर्वत जिल्लामा जन्मिएर राज्यका उच्च तहमा पुगेका व्यक्तिहरु एवम् स्थानीय बासिन्दाहरुकाे उपस्थिति रहेको थियो । अन्तराष्ट्रिय पर्वत समाजले जिल्लाको समृद्धि र विकासमा टेवा पुर्याउने उद्देश्यले संसारभर छरिएर रहेका पर्वतेलीहरु समेट्ने गरी सन् २०१७ मा स्थापना भएर बिभिन्न सामाजिक कामहरु गर्दै आएको छ ।
महाधिबेशनका केही तस्बीरहरु

