मेडिकल शिक्षा सुधार्न सयदिने कार्ययोजना बनाउनुस्‌ : शिक्षामन्त्री पौडेल

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोगलाई सय दिनमा सक्ने कामको योजना बनाउन निर्देशन दिएका छन्।

आयोगका पदाधिकारीलाई शुक्रबार निर्देशन दिँदै शिक्षामन्त्री पौडेलले कार्ययोजना बनाएर चुस्त दुरुस्त काम गर्न निर्देशन दिएका हुन्।

उनले जनताको पक्ष र मेडिकल शिक्षा सुधार्न गरिएको काम १/२ जनाले विरोध गर्दैमा केही नहुने बताए।

‘मन्त्रालयको तर्फबाट आयोगलाई सहयोग रहन्छ। कार्ययोजना बनाउनुस्। गाँठो फुकाउन पहल गर्छु। मेडिकल शिक्षा सुधार्ने काम गरौं। अल्झेका विषयहरु भन्नुस्। अनिर्णीत भएर नबस्नुस्,’ उनले भने। आयोगले सिंगो मेडिकल क्षेत्रलाई प्रभाव पार्ने गरी काम गर्नुपर्ने उनको भनाइ छ।

‘पहिलो चरणमा सय दिनमा गर्न सकिने कामको योजना बनाएर काम गरौं,’ उनले भने, ‘त्यसपछि एक वर्षभित्र ऐन र कानुनले दिने गरी गर्न सकिने कार्ययोजना बनाएर लागौं, प्रतिफल आउँछ।’ मन्त्री पौडेलले आयोगमा अल्झिएका विषय सल्टाउनुपर्ने भन्दै त्यसका लागि आफूले पनि अन्तरमन्त्रालय पहल गर्ने बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *