मोदि, पर्वत
चाड पर्व लाइ लक्षित गरी माेदीमा बजार अनुगमन गरिएकाे छ । गाउँ पालिका अनुगमन समितिका संयोजक सेती महतको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय , डिमुवा प्रहरी चौकी तथा उद्योग वाणिज्य संघ समेतको सहभागितामा अनुगमन गरिएकाे हाे ।

अनुगमन टाेलीले गाउँ पालिकाका बेतिनि, डिमुवा तथा पातिचौर बजारक्षेत्रका खाद्यान्न तथा मासु पसलहरूको अनुगमन गरी म्याद गुज्रेका केही सामाग्री जफत गरि नष्ट गरेको छ ।

साथै बजार अनुगमनका क्रममा दर्ता तथा नविकरण समयमानै गर्न, म्याद गुज्रेका खाद्यान्न छुट्याएर राखी फिर्ता गर्न,विल विजक जारी गर्न तथा मुल्यसूची राख्न सुझाव समेत दिईएको छ ।
दसैँ तथा तिहारमा नागरिकको खाद्य अधिकारलाई सुरक्षित गर्न तथा बजारलाई व्यवस्थित बनाउन अनुगमन कार्यलाई तीव्रता दिइएको गाउँ पालिकाले जनाएकाे छ ।