नेतृत्व सर्वसम्मत हुन नसकेपछि मोदीमा एमालेकाे अधिवेशन स्थगित

मोदी पर्वत ।

मोदी गाउँपालिकामा कार्तिक ११ गते देखि शुरु भएको नेकपा एमालेको गाउँ पालिका स्तरीय अधिवेशन स्थगित भएको छ । नेतृत्व चयन सर्वसम्मत हुन नसक्दा अधिबेशन अनिश्चित कालका लागि स्थगित हुन पुगेको हो ।
कार्तिक १३ गते शनिबार बिहान अध्यक्षमण्डलका अध्यक्ष कल्पना चापागाईको अध्यक्षतामा बसेको अध्यक्ष मण्डल र निर्वाचन कमिटिको संयुक्त बैठकले अधिबेशन स्थगित गरेको हो ।
अधिबेशनको धेरै जसो काम सम्पन्न भएता पनि नेतृत्व चयनमा सर्वसम्मत गराउने पहलकदमी जारी रहेको भन्दै अर्को सूचना नहुने समयसम्म अधिबेशनको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको अध्यक्ष मण्डलका अध्यक्ष कल्पना चापागाई र निर्वाचन कमिटिका संयोजक ताराखर अधिकारीद्धारा हस्ताक्षरित संयुक्त बिज्ञप्तीमा जनाइएको छ ।
एमालेको गाउँ पालिका स्तरीय कमिटीमा अध्यक्ष पदमा दाताराम चापागाई, तेज बहादुर क्षेत्री र बिमल लामिछानेको दाबी रहेको एमाले स्रोतले बताएको छ ।
पर्वतको जलजला र पैयुँमा एमालेको नयाँ नेतृत्व चयन भैसकेको छ भने फलेवास र विहादीमा विवाद कायमै रहेको छ । महाशिला गाउँपालिकाको अधिवेशन कात्तिक १५ गतेका लागि तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *