पर्वत ।
माअेाबादी केन्द्र निकट पत्रकारहरुकाे संस्था प्रेस सेण्टर पर्वतको अध्यक्षमा पत्रकार एव सचारकर्मी निर्मल पौडेल सर्वसम्मत चयन हुनु भएकाे छ । पत्रकार महासंघ पर्वतको सभाहलमा शनिबार सम्पन्न भएको सम्मेलनले उक्त समिति सर्वसम्मत चयन गरेको हो ।
सगठनकाे उपाध्यक्षमा दीपसागर पौडेल,महिला उपाध्यक्ष सविता शर्मा,सचीव साजन परियार,कोषाध्यक्ष रामजी आचार्य,सदस्यहरु किशोर मनस्वी,बसन्त तिमिल्सिना,ज्ञान प्रसाद भुसाल र जनक तिवारी रहनु भएकाे छ ।

निवर्तमान अध्यक्ष प्रनिश गिरि र मुरारी शर्मा सङमलाई प्रदेश प्रतिनिधि र निवर्तमान अध्यक्ष राजबाबु पिसी लाई केन्द्रीय प्रतिनिधि तोकि नयाँ कार्यसमिति चयन गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं पर्वत जिल्ला इन्चार्ज गुप्त बहादुर हमाल रहेकाे साे कार्यक्रममा संविधान सभा सदस्य गुणाखर बस्याल,फ्याक्सन इन्चार्ज शंकर गिरि, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य विभू भुसाल, गण्डकी प्रदेशका संयोजक अर्जुन काफ्ले, गण्डकी सह इन्चार्ज तथा न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य माधव पनेरु,नेपाल पत्रकार महासङ्ग गण्डकी प्रदेशका सदस्य सुनिल पाण्डे,नेपाल पत्रकार महासंघका केन्द्रिय स्दस्य छविलाल तिवारी,पत्रकार महासघ पर्बत अध्यक्ष सन्तोष थापा,क्रान्तिकारी पत्रकार संगठनका सचिव वैकुण्ठ गिरि,प्रेस चौतारी नेपाल पर्वतका अध्यक्ष गणेश गिरी,प्रेस युनियन पर्वतका उपाध्यक्ष रोशन तिवारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रेस सेन्टर पर्वतका अध्यक्ष राजबाबु पिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य निवर्तमान अध्यक्ष प्रनिश गिरी र कार्यक्रमको सन्चालन निर्वाचित अध्यक्ष निर्मल पौडेलले गरेका थिए ।