मोदीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान र उधोग दिवस मनाईयो

मोदी, पर्वत ।

“लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता ःमहिला र बालबालिकामा लगानीको एक्यबद्धता” भन्ने नाराका साथ मंसिर १० गतेबाट देशैभर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ ।

पछिल्लो समय हिंसाका घटनाहरूको अभिलेख बढेका कारण समाजमा जागरण ल्याउने उद्धेश्यले आजदेखि १६ दिनसम्म विशेष अभियान सञ्चालन गरिने मोदी गाँउपालिकाले जनाएको छ । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिएको छ ।

सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिला विरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।

हिंसामा परेका महिलालाई मेलमिलाप केन्द्र,न्यायिक समिति तथा नजिकैको प्रहरी, मानव अधिकार संस्थाहरूमा उजुरी दिएर न्याय प्राप्तिको लागि आवश्यक सहयोग माग्न अभियानमार्फत आह्वान गरएिको छ ।

सभालाई सम्बोन्धन गर्दै मोदी गाँउपालिकाका अध्यक्ष हिरा देवी शर्माले लैङ्गिक हिंसालाई मानवता विरुद्धको अपराध मानिएकाले यसको अन्त्यका लागि सरकारले विभिन्न अभियान सञ्चालन गरिरहेको बताउदै लैङ्गिक हिंसाको उपेक्षा नगर्ने तथा हिंसाका घटनामा चुप लागेर नबस्न आग्रह गर्नुभयो । सगै महिलाहरुले उद्यममा जोडिएर आयआर्जनलाई बलियो बनाउन जोड दिनुभयो ।

मोदी गाँउपालिकाका उपाध्यक्ष विमल लामिछानेले लैङ्गिक हिंसा शुन्यताका लागि र यसको अन्त्यका लागि एक हुनु पर्ने बताउदै प्रत्यक वडामा १६ दिने अभियान सञ्चालन गर्ने र वडाका हिंसालाइ न्युनिकरण गर्ने तर्फ लाग्नु पर्नेमा जोड दिनुभयो ।

लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभयिान र उधोग दिवस बारे प्रकाश पार्दैै मोदी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्माले हिंसा बिरुद्धको अभियान साथै महिलाको नेतृत्व क्षमताको विकास गर्नु आवश्यक भएकोले महिलाहरुको उद्यमशीलता प्रवद्र्धनका लागी स्थानीय तहले विभिन्न किसिमका सीप विकास तथा बजारिकरण सम्बन्धि तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमा स्वागत मनतब्य राख्दै गाँउपालिका उधम शाखा संयोजक सिता शर्माले उत्पादनको बजारीकरणका लागी सहज बातावरण बनाउन सके महिलाहरु व्यवसाय मार्फत अगाडि बढ्न सक्ने बताउनुभयो ।

उद्यमी महिलाहरु,सरोकारवालाहरु र समाजसेवीहरुको उपस्थितिमा सञ्चालित कार्यक्रमको सञ्चालन गाँउपालिका महिला तथा बालबालिका शाखा प्रमुख शोभा देवी शर्माले गर्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *