पर्वत ।
प्रतिनिधि सभामा पर्वतबाट निर्वाचित सांसद पदम गिरी दोस्रो पटक मन्त्री बनेका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीपरिषदको जिम्मेवारी फेरबदल गरेका हुन् ।सांसद गिरी सहित माओवादीका हितमान तामाङ र राष्ट्रिय स्वतन्त्र पाटीका डोल प्रसाद अर्यालले बिना विभागीय मन्त्री पदको सपथ लिएका हुन् ।
गत वर्ष गिरी छोटो समय स्वास्थ्य मन्त्री नियुक्त भएका थिए । प्रधानमन्त्री प्रचण्डले गठबन्धन परिवर्तन गरेपछि उनी पदमुक्त भएका थिए ।
सोमबार पुनर्गठन भएको मन्त्रीपरिषदमा ३ जनाको मात्र सपथ भएको छ, नयाँ गठबन्धनको निर्णयपछि मात्र अन्य मन्त्रीहरुको टुङ्गो लाग्नेछ । तिनै जना मन्त्रीको मन्त्रालय भने तोकिएको छैन ।