कास्कीको घाचोकमा कुकुरको आक्रमणबाट चितुवा मर्यो

कास्की ।

जिल्लाको माछापुच्छे गाउँपालिका १ घाचोकको टुसेमा कुकुरको आक्रमणबाट चितुवा  मरेकाे छ। शनिबार बिहान घाचोकमा कुकुरहरुले चितुवा मारेका हुन् ।

शनिबार बिहान एउटा रुखमा रहेको चितुवालाई  स्थानियले देखेका थिए । स्थानीय डण्डे परियारलाई चितुवाले आक्रमर्ण गर्न आए पछि कुकुरहरुले झम्टेर मारेका हुन् । परियारलाई चितुवाले तीन पटक आक्रमण गरेको थियो । उनका हातको ठाउँ ठाउँमा घाउ भएको छ । परियार गण्डकी अस्पतालमा सामान्य उपचार गरी घर फर्किएका छन् ।

शुक्रबार राति नै चितुवा रुखमा चढेको रहेछ। कुकुरहरु रुख मुनी रातभर कुरेर बसेका थिए । बिहान रुख मुनी आउने वित्तकै रुखबाट झरेर चितुवाले आक्रर्मण गरेको परियारले बताए ।  परियारलाई एक्कासी चितुवाले आक्रर्मण गरेपछि नजिकै बारिमा मकै खन्दै गरेका गाउँलेहरु पनि आएका थिए ।

चितुवालाई त्यहाँ गाउँका आधा दर्जन कुकुरहरुले आक्रर्मण गरेर मारेको परियारले बताए । मृत चितुवालाई एक्यापका प्रर्तिनिधिहरुले लगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *