मोदीले गर्यो सुत्केरी महिलाहरुका लागि प्रोत्साहन भत्ता वितरण 

पर्वत ।

मोदी गाँउपालिकाले सुत्केरी महिलालाई पोषण स्वरुप प्रोत्साहन भत्ता वितरण गरेको छ । सुत्केरीसँग अध्यक्ष कार्यक्रम अन्र्तगत मोदी गाँउपालिकामा सुत्केरी भएका सवै महिलालाई दुई हजार पाँच सयका दरले रकम वितरण गरेको महिला विकास निरीक्षक पुण्य कुमारी शर्माले बताउनुभयो ।

मोदी गाँउपालिकाको वडा नम्वर १ भुक ,२ देउपुर र ३ देउरालीमा उक्त कार्यक्रम सम्पन्न भएको छ । नियमअनुसार चारपटक गर्भ जाँच तथा बर्थिङ सेन्टरमा सुत्केरी भएका महिलाहरुलाई सुत्केरी प्रोत्साहन भत्ता वितरण गरिएको हो।

‘अध्यक्षसँग सुत्केरी कार्यक्रम’ मातृ शिशु मृत्युदर कम गराउनको लागि सुरु गरेको गाँउपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *