मङ्सिरमा सबैभन्दा धेरैले लिए श्रम स्वीकृति

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८१/८२ को मङ्सिरमा ८४ हजारभन्दा बढीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । यो चालु आवमा पाँच महिनाकै सबैभन्दा बढी हो ।

वैदेशिक रोजगार विभागका अनुसार मङ्सिरमा ८४ हजार २२७ जनाले र सबैभन्दा कम असोजमा ५३ हजार ४२५ जनाले श्रम स्वीकृति लिएका छन् । विभागका अनुसार कात्तिकमा ७० हजार ९९० जना, भदौमा ५७ हजार ४९३ जना र साउनमा ५९ हजार ५७५ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।

विभागका अनुसार गत आर्थिक वर्ष २०८०/८१ को तुलनामा चालु आवको यस अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने १८.६८ प्रतिशतले बढेको छ । गत आवको सो अवधिमा दुई लाख ७४ हजार ५१७ जनाले श्रम स्वीकृति लिएकामा चालु आवको यस अवधिमा तीन लाख २५ हजार ८१० जनाले श्रम स्वीकृति लिएर बिदेसिएको विभागले जनाएको छ । जुन सङ्ख्या गत आवको तुलनामा चालु आवमा ५१ हजार २९३ जनाले बढी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *