पर्वत ।
जिल्लाको मोदी गाउँपालिका वडा नम्बर ६ , तिलाहार डिमुवामा आयोजना भएको मुटु परीक्षण शिविरमा शुक्रबार पहिलो दिन ५ सय ६१ जनाले मुटु जाँच गराएका छन् । दुई दिने उक्त शिविरमा दोस्रो दिन शनिबार बिहान ९ वजे देखि परीक्षण सुचारु हुने वडाध्यक्ष दिपेन्द्र जङ्ग लामिछानेले जानकारी दिनु भयो ।
शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टराई, डाक्टर सूर्य देवकोटासहित २३ जना चिकित्सकको टिमले सेवा दिइरहेको छ ।