पौडी खेल्ने क्रममा कालीगण्डकी नदिले बगाउँदा बालक बेपत्ता

पर्वत।

कालीगण्डकी नदिमा पौडिन गएका बागलुङका एक बालकलाई नदिले बगाउँदा बेपत्ता भएका छन् । बागलुङको निसीखोला गाउँपालिका–१ लेवाङ घरभई आफन्तलाई भेट्न पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारामा आएका १४ वर्षीय सन्तु पुनलाई सोमबार कालिगण्डकी नदिले बगाउँदा बेपत्ता भएका हुन् ।

सोमबार साथीसँगै कालिगण्डकीमा पौडिन गएका सन्तुलाई नदिले बगाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक भुवन बरामले बताए । उनले बेपत्ता सन्तुसँग पौडिन गएका १३ वर्षीय अर्जुन पुन र १४ वर्षीय वेद घर्तीमगर सकुशल रहेको जानकारी दिए ।

अर्जुन र वेदले सन्तुलाई कालिगण्डकीले बगाएको खबर गरेलगत्तै सोमबार नै प्रहरीको टोलीले खोजी कार्य तीव्र बनाएको प्रनि बरामले बताए । उर्लिंदो भेलमा पौडिएर कालीगण्डकी नदि तर्न खोज्दा सन्तुलाई बगाएको हुनसक्ने प्रहरीको अनुमान छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *