पर्वत ।
जिल्लाको मोदी गाँउपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत मा राम प्रसाद शर्मा कँडेल सरुवा भई आउनु भएको छ । मंगलबार गाउँ पालिकामा एक कार्यक्रमको आयोजना गरी नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्मा कडेललाई स्वागत समेत गरिएको छ भने निवर्तमान हुनु भएका कमल प्रसाद गौतमलाई विदाई गरिएको छ ।
नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्मा कडेल विहादी गाँउपालिकाबाट सरुवा भै मोदी गाँउपालिकामा आउनूभएको हो । यस्तै भर्खर निवर्तमान हूनु भएका प्रमुख प्रशासकीय अधिकृत गौतम पन्ध्र महिनामा मोदी गाँउपालिकाबाट सरुवा भएर कास्कीको मादी गाँउपालिकामा जानु भएको हो।
मोदी गाँउपालिकाका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष हिरा देवी शर्माले निवर्तमान हूनुभएका प्रमुख प्रशासकीय अधिकृत गौतमलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाले नयाँ प्रमुख प्रशासकीय अधिकृत कडेलको कार्यकालमा मोदीमा विकास निर्माणका कामले गति लिने विश्वास समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्मा कडेलले जनप्रतनिधि र कर्मचारी सबैको साथ र सहयोग लिएर मोदीको विकास निर्माणमा इँट्टा थप्ने प्रयास गर्ने बताउनुभयो ।
सो कार्यक्रममा उपाध्यक्ष बिमल लामिछाने, वडा न ८का वडा अध्यक्ष सुक बहादुर गुरुङ र कार्यपालिका सदस्य सन्तोषी विकले कार्यपालिकाको तर्फबाट धन्याबाद तथा स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।
शिक्षा अधिकृत दिनेश शर्माको सञ्चालनमा सञ्चालित कार्यक्रममा वडा नं १ देखी ८ सम्मका वडा अध्यक्ष तथा कार्यपालिका सदस्य ,कर्मचारी लगायतको सहभागीता रहेको थियो ।