मोदीमा लैंगिक उत्तरदायी बजेट निर्माणसम्बन्धी प्रशिक्षण सम्पन्न 

पर्वत ।

मोदी गाँउपालिकामा लैंगिक उत्तरदायी बजेट निर्माणसम्बन्धी कार्यशाला प्रशिक्षण सम्पन्न भएको छ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको आयोजना र मोदी गाँउपालिकाको समन्वयमा स्थानीय तहका लागि लैंगिक उत्तरदायी बजेट निर्माण तथा कार्यान्वयन सम्बन्धी २ दिने प्रशिक्षण सम्पन्न भएको हो । जनप्रतिनिधि र कर्मचारीहरू गरी ५० जनाको सहभागिता रहेको थियो ।

लैङ्गिक उत्तरदायी बजेटको अवधारणा लैङ्गिक उत्तरदायी बजेट सम्बन्धी नेपालको नीतिगत व्यवस्था र हालसम्म भएका प्रयासहरू स्थानीय तहमा लैङ्गिक उत्तरदायी बजेट आवश्यकता र औचित्य र जनप्रतिनिधिहरूको भूमिका स्थानीय तहका वार्षिक योजना तथा बजेट तर्जुमा प्रक्रियामा र्लैगिक उत्तरदायी बजेट एकीकरणका चरणहरू,लैङ्गिक उत्तरदायी बजेटको लागि कोडिङ र अङ्क प्रदान लैङ्गिक उत्तरदायी बजेट अनुगमन, मूल्याङ्कन तथा प्रतिवेदन र स्थानीय तहमा लैङ्गिक उत्तरदायी बजेट तयारी र सोको कार्यान्वयनको लागि कार्ययोजना निर्माणजस्ता विषयहरूमा अभिमुखीकरण तथा प्रशिक्षण गरिएको थियो ।

कार्यक्रमलाई स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका व्यबस्थापक अधिकृत योगमाया सापकोटा र निर्देशक जय कृष्ण श्रेष्ठले प्रशिक्षण तथा सहजीकरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *