सूचनाको हकलाई प्रत्याभूति गर्ने उदेश्यले मोदीमा डिजिटल सुचना पाटीको स्थापना 

पर्वत ।

मोदी गाउँपालिकाले सूचनाको हकलाई प्रत्याभूति गर्ने उदेश्यले डिजिटल सुचना पाटीको स्थापना गरिएको छ ।पालिकाले QR Code मार्फत गुनासो,उजुरी, राय सुझाव एवं सल्लाह दर्ता गर्ने प्रणाली संचालन गरेको छ ।मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा,उपाध्यक्ष विमल लामिछाने र प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले संयुक्त रुपमा मोदी गाउँपालिकाको डिजिटल सुझाव पेटिकाको सुभारम्भ गर्नु भएको हो ।

डिजिटल सुझाव पेटिका मार्फत शासकीय प्रक्रियामा आम नागरिकका चासो सरोकार राय सुझाव सल्लाह उजुरी गुनासो आदि मार्फत मोदी गाउँपालिकाले हरेक निर्णय प्रक्रियामा नागरिक सहभागितालाई सुनिश्चित गर्नका साथै संबिधान प्रदत सूचनाको हकलाई प्रत्याभूति गर्ने उदेश्यले QR Code मार्फत गुनासो,उजुरी, राय सुझाव एवं सल्लाह दर्ता गर्ने प्रणाली संचालन गरेको छ ।

गाउँपालिका मातहातका कार्यालयबाट हुने सेवा प्रबाह, बिकास ब्यबस्थापन शासकीय प्रवन्ध र सरोकारका विषयहरुमा आम जनताको अमुल्य राय सुझाव सल्लाह सभ्य र मर्यादित भाषामा QR Scan गरी पेश गर्न मोदी गाँउपालिकाले आग्रह गरेको छ ।

सुझावका लागि QR Code

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *