मोदी गाउँ पालिकाले निःशुल्क एसइइ पूरक परीक्षा तयारी कक्षा सञ्चालन गर्दै

पर्वत ।

जिल्लाको मोदी गाउँ पालिकाले २०८० सालको एसइइ  परीक्षामा अनुत्तीर्ण भएका विद्यार्थीका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । गाउँ पालिका काे वडा नं ६ डिमुवामा रहेको नव जागृत बहुमुखी क्याम्पसको भवनमा असार २३ गते देखि गणित, विज्ञान, अङ्ग्रेजी र अतिरिक्त गणित विषयका कक्षा सञ्चालन गरिने सामाजिक विकास शाखा प्रमुख दिनेश पौडेलले जानकारी दिनु भयो ।

२०८० काे एसइइ मा मोदी गाउँ पालिका भित्रका विद्यालयका ५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । बाँकी  अनुत्तीर्ण ४२ प्रतिशत विद्यार्थीलाई लक्षित गरी एक पटकका लागि निःशुल्क रूपमा ती कक्षाहरू सञ्चालन गर्ने निर्णय भएको पौडेलले बताउनु भयो । नतिजा अनुसार अधिकांश विद्यार्थीहरू गणित विषयमा अनुत्तीर्ण भएका छन् ।

तयारी कक्षाहरू बिहान ७ बजे देखि १० बजे सम्म संचालन हुने र स्थानीय विद्यालयका विषय शिक्षकहरुले सहजीकरण गर्ने छन् ।  सूचना तथा सम्पर्कको लागि शिक्षा उपशाखाका प्राविधिक सहायक सुरेश रिमाल र नव जागृत क्याम्पसका कर्मचारी रामचन्द्र सुवेदीलाई तोकिएको गाउँ पालिकाले जनाएको छ ।

एसइइ काे पूरक परीक्षा आगामी श्रावण २३ गते देखि सञ्चालन हुँदैछ । यस पटक सबै विषयमा अनुत्तीर्ण भएकाहरु पनि सो परीक्षामा सहभागी हुन पाउने छन्।

सूचना हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *