सुनको मूल्यमा भारी गिरावट, तोलामा १५ हजार नौ सय रुपियाँले घट्यो

काठमाण्डौ ।

सोमबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । आज सुनको मूल्य तोलामा १५ हजार नौ सय रुपियाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार तीन सय रुपियँँमा कारोबार भइरहेको छ । अघिल्लो दिन आइतबार सुन प्रतितोला एक लाख ६७ हजार दुई सय रुपियाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला एक हजार नौ सय ६० रूपियाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार आठ सय ४५ रूपियाँमा किनबेच भइरहेको छ । आज चाँदी हिजाेकाे तुलनामा प्रतितोला एक सय १५ रूपियाँ घटेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *