झोलुङ्गे पुलको लठ्ठा चुडिदा कर्णालीमा चौध खच्चड फसेँ

काठमाडौँ ।

अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किन पुगेका छन् । पुलको एकातर्फको लठ्ठा चुँडिदा बिहानैदेखि ती खच्चड तारमा फसेका हुन् ।

पुलको लठ्ठा चुँडिएपछि अहिले दुई जिल्लाबीच आउजाउ पनि बन्द भएको छ ।

यो झोलुङ्गे पुलले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने गर्दछ । पुलले अछामको पञ्चदेवल विनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई जोड्ने काम गर्दछ ।

घटनाबारे जानकारी आएलगत्तै उद्धारका लागि टोली खटाइएको प्रहरीले जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *