३५ तोला सुन र ११ लाख नगद सहित कटुवा चौपारीबाट एक व्यक्ति पक्राउ

पर्वत ।

जिल्लाका विभिन्न स्थानमा शृङ्खलाबद्ध रुपमा चोरी गर्ने एक युवालाई यहाँबाट प्रहरीले पक्राउ गरेको छ। रोल्पाको रोल्पा नगरपालिका-१ का ३३ वर्षीय भरत परियारलाई पर्वतको कुश्मा नगरपालिका-९ कटुवाचौपारीबाट बिहीबार राति २ बजे प्रहरीले पक्राउ गरेको हो। उनी चोरी गर्दा गर्दै पक्राउ परेका हुन् ।

स्थानीय शर्मिला पौडेलले सञ्चालन गर्दै आएको आशिक एन्ड आशिका किराना पसलबाट १० लाख १७ हजार नगद, १२ हजार बराबरको रिचार्ज कार्ड, चोरी गर्दै गर्दा स्थानीयले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालयबाट पुगेको प्रहरी नायब उपरीक्षक खुमलाल भुसालको टोलीले पक्राउ गरेको हो।

उनका साथबाट प्रहरीले ३५ तोला ७२ लाल सुन, ११ लाख १५ हजार चार सय ८५ नगद, नेपाल टेलिकम र एनसेलका ४२ थान रिचार्ज कार्ड बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयले आज शुक्रबार पत्रकार सम्मेलन गरी चोरीमा संलग्न व्यक्ति र बरामद गरिएको सामान सार्वजनिक गरेको हो।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *