पर्वत ।
समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार”भन्ने नाराका साथ अपाङ्गता भएका व्यक्तिहरूको ३३औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा मोदी गाँउपालिका २ देउपुरमा अपाङ्गता भएका व्यक्तिहरूलाई परिचय-पत्र वितरण गरिएको छ । परिचय पत्र अभावमा विभिन्न निकायबाट उपलब्ध हुने सेवा सुविधा पाउन कठिनाइ झेल्दै आएका अपाङ्गता भएका व्यक्तिको सहजताका लागि मोदी गाँउपालिकाले परिचय पत्र वितरण गर्न थालेको हो।
वडा नम्बर दुई देउपुरका जनप्रतिनिधिहरुको बिशेष पहलमा ८ जना अपाङ्गता भएका व्यक्तिलाई हस्पिटलसम्म लगेर उहाहरुको सिफारिस लगायत सहजीकरण गरी परिचय पत्र वितरण गरिएको हो ।
साथै मोदी ६ तिलाहारमा सोही अवसरमा घरमै पुगेर अपाङ्गता भएका नागरिकका लागि सहयोगी सामग्री हस्तान्तरण गरिएको छ ।यसरी गाउँपालिकाले वडामा गएर अपाङ्गहरुलाइ पहिचान गरि अपाङ्ग परिचय-पत्र वितरण गर्दा स्थानीय अपाङ्ता भएका व्यक्तिहरु हर्सित भएका छन् ।