पर्वत ।
बागलुङको जैमिनी नगरपालिकामा सोमबार बिहान पीकअप जीप दुर्घटना भएको छ । ग २ च ९२४७ नम्बरको पीकअप जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको र १ जना घाइते भएको घट्ना स्थलमा पुगेका वडा न. ७का वडा सदस्य भुपेन्द्र रानाले बताए ।
जैमिनी नगरपालिका–८ छिस्तीदेखि बागलुङ तर्फ आउँदै गरेको पीकअप जीप छिस्ती र जैदीको सिमा ढुङ्गाखानी नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । प्रहरी टोली घट्नास्थल तर्फ जाँदै गरेको बताइएको छ । घट्नाको थप विवरण आउन बाँकी छ ।