पर्वत ।
आज असार शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा मुलुकभर मनाइँदै छ। गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइन्छ । शाब्दिक रूपमा ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ ।
धर्मशास्त्रका अनुसार ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिन्छ । यस्ता गुरुलाई शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमासमेत मानेको छ ।
गुरु पूर्णिमाका अवसरमा आजको दिन विभिन्न विद्यालय एवम् सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन् ।