काठमाडौं ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं मंगलबार पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले मंगलबार भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो । त्यसपछि अनुसन्धानका लागि भन्दै सीआईबीले आफू मातहतको केन्द्रीय साइबर ब्यूरोको जिम्मा लगाएको थियो । प्रसाईलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ ।
मगलबार उनलाई हिरासतमा राख्ने अनुमति लिन अदालत पेश गर्न नभ्याइएकाले बुधबार पेश गर्ने साइबर ब्यूरोका डीआईजी अर्यालले बताए ।