काठमाण्डौ ।
राष्ट्रिय सभा अध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवार नारायण दाहाल निर्वाचित भएका छन् ।
मंगलबार भएको निर्वाचनमा ५६ जनाले मतदान गरेका थिए, जसमा दाहालको पक्षमा ३९ मत परेको छ । उनको विपक्षमा जम्मा १७ मत खसेको छ ।
दाहाललाई सत्तारुढ माओवादी केन्द्र, नेकपा एमाले, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) का सांसदहरुले मत दिएका छन् ।