तिहारको चौथो दिन : आज गोवर्धन पूजा

पर्वत ।

यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवर्द्धन पर्वतकाे पूजा आजा गरी मनाइँदैछ।

कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ। आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गरिन्छ। वर्षभरि जोतेर सेवा गर्ने गोरु र हलिलाई सम्मानपूर्वक मीठा खानेकुरा दिने चलन पनि छ ।

द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको बताइन्छ ।

भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मर्त्य लोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बली राजाको पनि सम्झना स्वरुप पूजा आराधना गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *