पर्वत प्रहरीको आयोजनामा मोदीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

पर्वत ।

जिल्ला प्रहरी कार्यालय, पर्वतको आयोजना, जिल्ला प्रशासन कार्यालयको सहजीकरण र मोदी गाउँपालिकाकाे सहकार्यमा मोदी गाउँपालिकाको सभाहलमा मंगलबार नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

समुदायको शान्ति सुरक्षा, अपराध नियन्त्रण, सेवा प्रवाह सम्बन्धमा सहजीकरण र समन्वयलाई मध्यनजर गर्दै सम्पन्न भएको उक्त नागरिक सुनुवाई कार्यक्रममा उपस्थित व्यक्तिहरुले बाढी पहिरो, सडक अवरुद्ध, नदिजन्य उत्खनन्, CCTV को आवश्यकता, मादक पदार्थ सेवन, स्थानीय तहबाट प्राप्त हुने अनुदान, सेवा सुविधा, विद्यालयको अनुगमन,प्रहरी चौकी देउपुर डिमुवाको स्तरोन्नति, अधिकार दुरुपयोगका साथै समसामयिक समस्याहरु उठाएका थिए ।

नागरिकहरूले उठाएका गुनासोहरुलाई  प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, जिल्ला प्रहरी कार्यालय पर्वतका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्ट, मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा र प्रमुख प्रशासकिय अधिकृत बाबुराम पुरीले सम्बोधन गर्नुभएको थियो ।

परमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेको अध्यक्षतमा भएको कार्यक्रममा  मोदी गाउँपालिकाका वडा अध्यक्षहरु, विभिन्न राजनितिक दलका प्रतिनिधी, पूर्व प्रहरी कर्मचारी, पातिचौर आमा समूह, सामुदायिक सेवा केन्द्र अम्बोट, पञ्चासे यातायात प्रा.लि, टोल सुधार समिति, स्थानिय जनप्रतिनिधि, स्थानीय संघसंस्था र स्थानीय बासिन्दाहरुको सहभागितामा रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *