विश्व हिन्दु महासंघ, मोदी गाँउपालिका, पर्वतको दोश्रो अधिवेशन सम्पन्न; अमृत प्रसाद चापागाईको अध्यक्षतामा २१ सदस्यीय पालिका समिति गठन

पर्वत ।

विश्व हिन्दु महासंघ नेपाल, मोदी गाँउपालिकाको दोश्रो अधिवेशन शनिवार मोदी सभाहल पातीचौर पर्वतमा सम्पन्न भएको छ । मोदी गाँउपालिका अन्र्तगतका ८ वटा वडाका प्रतिनिधीहरुको सहभागितामा सम्पन्न अधिवेशनले अमृत प्रसाद चापागाईको अध्यक्षतामा २१ सदस्यीय पालिका कार्य समिति निर्विरोध चयन गरेको छ । यसरी निर्विरोध निर्वाचित पदाधिकारीहरुमा उपाध्यक्षत्रय कुल प्रसाद तिमिल्सिना, मन वहादुर फकामी र शान्ति पौडेल, सचिव विष्णु प्रसाद सुवेदी, सहसचिव अर्जुन शर्मा पौडेल र कोषाध्यक्ष सपना पौडेल रहनु भएको छ । समितिका निर्वाचित सदस्यहरुमा मान वहादुर क्षेत्री, ओम प्रसाद पौडेल, डिल्ली राज पौडेल, राम प्रसाद पौडेल, माधव प्रसाद पौडेल, यदुनाथ शर्मा, कृष्ण प्रसाद ढुङ्गाना, वडे विश्वकर्मा, दिल वहादुर फकामी, विष्णु प्रसाद तिमिल्सिना, विष्णु पौडेल, वालकृष्ण गौतम, मेघराज शर्मा र अजय लामिछाने रहनु भएको छ ।

अधिवेशनले राम प्रसाद पौडेल, नन्दलाल सुवेदी, नन्दलाल भण्डारी, तिर्थराज सुवेदी र देवराज गिरी रहनु भएको ५ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ भने लक्ष्मण गौतमको संयोजकत्वमा प्राज्ञिक समिति गठन गरेको छ । समितिका सदस्यहरुमा प्रशान पौडेल, प्रकाश सुवेदी, वासुदेव तिमिल्सिना, गणेशराज सुवेदी, प्रकाश शर्मा र देव वहादुर अँखेली रहनु भएको छ । विश्व हिन्दु महासंघको विधान वमोजिम समितिका उपाध्यक्ष विष्णु कुमारी पौडेलको संयोजकत्वमा मातृशक्ति परिचालन समिति समेत गठन भएको छ । समितिका सदस्यहरुमा चन्द्र शर्मा, सपना पौडेल, सिता हमाल, राधा कुँवर, शुसिला रेग्मी, पार्वती कुँवर र सविता गौतम रहनु भएको छ ।

अधिवेशन समारोहमा वोल्दै प्रमुख अतिथि मोदी गाँउपालिका अध्यक्ष हिरादेवी शर्माले धर्म रक्षाको लागि सवै लागि पर्नु पर्नेमा जोड दिनु भएको छ । विश्व हिन्दु महासंघका पुर्व केन्द्रिय सदस्य एवम् पर्वत जिल्ला अध्यक्ष लोकनाथ आचार्यले महासघ ब्रामणबादकाे संरक्षणको लागि नभै सम्पूर्ण ओमकारेश्वर परिवारको एकता र हितको लागि वनेको वताउनु भयो ।

कार्यक्रममा कार्यवाहक अध्यक्ष वावुराम पौडेलले धर्मलाई अनर्थ वनाउनेमा गुरु पुरोहितको व्यवहार र धार्मिक अभ्यास जिम्मेवार रहेको वताउनु भयो । विश्व हिन्दु महासंघ नेपालका केन्द्रिय सदस्य ठाकुर भुषालले राजा सहितको हिन्दु राष्ट्र निर्माणमा सवैले सहयोग गर्न आह्वान गर्नु भएको छ ।

नेपाली कांग्रेस पर्वतका युवा नेता एवम् सामाजिक अभियान्त विश्व प्रकाश प्रसाईले समाजमा दिगो शान्ति र अमनचयन कायम गर्न कानूनको तुलनामा धर्मको भुमिका उच्च रहने भन्दै हिन्दु धर्ममा विद्यमान मानवता, सुसंस्कार र सुअभ्यासको कारण आँफू हिन्दु धर्मालम्वी भएको वताउनु भयो । उहाँले हिन्दु धर्म, वेदमा आधारित धर्म भएको र वेदमा कुनै पनि जातिय, वर्गिय र सामाजिक विभेदको कल्पना नगरिएको वताउँदै धर्मको नाममा समाजमा हुने गरेका सामाजिक विभेद र गलत अभ्यासलाई सुधार गर्नुपर्नेमा जोड दिनु भयो । हिन्दु धर्मालवम्वीको कारण नै धर्मप्रतिको आस्थामा ह्रास आएको भन्दै विश्वकै एकमात्र वैज्ञानिक धर्म हिन्दु धर्म भएकोले यसको वैज्ञानिक पक्षलाई समाजमा छर्लङ्ग पार्नुपर्ने उहाँको भनाई थियो । राजनीति र धर्म विचको अन्तर सम्वन्धको वारेमा वोल्दै प्रसाईले सवै पाटी भित्र धार्मिक वहश चलाउनुपर्ने वेला आएको वताउनु भयो ।

कार्यक्रममा वोल्दै जिल्ला प्राज्ञिग समितिका संयोजक नारायण प्रसाद पौडेलले हिन्दु हुँ भन्ने तर अध्ययन र आचरणको पालना नगर्ने कुराको अन्त्य गर्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा प्राज्ञ कुल प्रसाद उपाध्यायले हिन्दु धर्मका विविध पक्षहरुको वारेमा स्पष्ट पानु भयो भने विद्वान ज्योतिष पृथ्वी नारायण शर्माले हिन्दु धर्मको वैज्ञानिक पक्ष र ज्योतिष शास्त्रको अन्तर सम्वन्धको वारेमा आफ्नो धारणा राख्नु भएको थियो ।

कार्यक्रममा मातृ शक्तिका केन्द्रिय सदस्य मान कुमारी गिरी, जिल्ला सचिव वालकृष्ण शर्मा, जिल्ला मातृशक्तिका अध्यक्ष ज्ञानु आचार्य, हिन्दु युवा समितिका जिल्ला सदस्य अजय लामिछाने लगायतले समाजमा ९३ प्रतिशत ओमाकारेश्वर परिवार भएता पनि अभियानमा निस्कन हिचकिचाउने गरेको खुलासा गर्दै अव धर्मरक्षाको लागि सवै एकजुट भएर अगाडी वढनु पर्नेमा जोड दिनु भयो ।

विश्व हिन्दु महासंघ, नेपाल मोदी गाँउ कार्य समितिका अध्यक्ष अमृत प्रसाद चापागाईको अध्यक्षता,  लक्ष्मण गौतमको स्वागत एवम् सचिव विष्णु प्रसाद सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा पार्वती मन्दिर भजन समूहले उत्कृष्ठ भजन प्रस्तुत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *