एमाले अध्यक्ष ओली प्रधानमन्त्री पदमा नियुक्त

काठमाण्डौ ।
सम्माननीय राष्ट्रपति  रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभाका माननीय सदस्य केपी शर्मा ओलीलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ । आइतबार राष्ट्रपति कार्यालायले एक विज्ञप्ती जारी गर्दै उक्त जानकारी दिएको हो ।  नवनियुक्त प्रधानमन्त्री ओलीलाई  प्रतिनिधिसभाको दुईवटा प्रमुख दल कांग्रेस र एमाले लगायत अन्य साना दलहरूकाे पनि  समर्थन छ । नवनियुक्त प्रधानमन्त्रीको शपथ ग्रहण भोलि हुने भएको छ। राष्ट्रपति कार्यालयले शपथग्रहण समारोह भोलि बिहान ११ बजेका लागि आयोजना गरेको छ।

ओली २४ असोज ०७२ मा पहिलोपल्ट प्रधानमन्त्री निर्वाचित हुनु भएको थियाे  । व्यवस्थापिका संसदमा ५९७ सदस्यमध्ये ओलीले ३३८ मत प्राप्त गर्नु  भएकाे थियाे  । ओलीको उम्मेदवारीलाई माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र मधेशी जनअधिकार फोरमसहित अन्य १३ वटा दले समर्थन गरेका थिए । यस्तै, ०७४ को प्रतिनिधिसभा निर्वाचनपछि सबैभन्दा ठूलो दलको हैसियतमा ओली ३ फागुन ०७४ मा दोस्रोपटक प्रधानमन्त्री नियुक्त हुनु भएको थियाे  ।  तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ३० वैशाख ०७८ मा तेस्रोपटक प्रधानमन्त्री नियुक्त गर्नु  भएकाे थियाे  ।

 

 

May be an image of text

Leave a Reply

Your email address will not be published. Required fields are marked *