पर्वत ।
कालिकोटको पलाँतामा जिप दुर्घटना भएको छ । आइतबार दिउँसो पलाँता गाउँपालिका–३ को राडुनेटा भन्ने ठाउँमा जिप दुर्घटना भएको हो । दिउँसो करिब साढे २ बजेतिर बलेरो जीप दुर्घटना भएको थियो । उक्त जिप सडकबाट डेढ सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।
सो जीप दुर्घटनामा ६ जनाको घटनास्थलमै र एककाे उपचारका क्रममा मृत्यु भएको स्थानीयले बताएको कालिकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् । जीपमा २०, जना यात्रु रहेका र केही गम्भीर घाइते भएका छन् । उद्दारका लागि सुर्खेत बाट नेपाली सेनाको हेलिकप्टर घटनास्थल तर्फ उडेको छ ।