पर्वत ।
मोदी गाउँपालिका १ भुकमा बालमैत्री वडा घोषणाको लागि अन्तिम तयारी भैरहेको छ । मोदी १ भुकले बालमैत्री वडाका लागि ५१ सूचकको निर्माण र त्यसको कार्यन्वयन पक्षमा लागि परिरेहको छ । ५१ ओटा सूचकहरु पुरा गर्दै बालमैत्री वडाको लागि वडा नं १ भुकले पुर्ण रुपमा घोषणा गर्न अन्तिम तयारीमा जुटी रहेको छ । बालमैत्री वडाका लागि वालवालिकाहरु सँग सम्बन्धीत आवश्यक ५१ ओटा सूचकहरुको निर्माण र कार्यन्वयन गर्नु पर्ने हुन्छ । वडा नं १का अध्यक्ष टेक बहादुर गुरुङले आवश्यक काम कार्वाहीहरु पुरा गरेको हुनाले वडालाई बालमैत्री वडा घोषणा गर्न सकिने बताउनुभएको छ ।
मोदी गाँउपालिकाका बाल कल्याण अधिकारी याम बहादुर मेघासीले वडामा बाल प्रोफाईल तयार, बाल लगानी योजना तयार, बाल क्लव भेला, वडा स्तरीय बालमैत्री कमिटि र बालवालिकाहरुलाई क्षमता अभिबृद्धि गराउने कामहरु गरेको जनाउनुभयो । यस कार्यले पनि वडालाई बालमैत्री वडा घोषणाको लागि महत्वपूर्ण सहयोग पुराएको छ । बालमैत्री वडा घोषणाका लागी आवश्यक सुचक पुरा भएनभएको अनुगमन गर्न जिल्ला समन्वय समितिका प्रमुख बिष्णुराम विकको संयोजनमा मोदी गाउपालिकाका अध्यक्ष हिरादेवी शर्मा,समन्वय अधकारी,शिक्षा समन्वय ईकाई प्रमुख मोतिराम चापागाई,शिक्षा अधिकृत प्रकाश बहादुर क्षेत्री,उधोग बाणिज्य संघ पर्वतका अध्यक्ष ठाकुर वि पौडेल,GNI,सोडेक नेपाल,डिमुवा प्रहरी चौकी र पत्रकार महासंघ लगायतको टिमले अनुगमन गरेको छ ।अनुगमन पश्चात प्रतिवेदन ठिक भए सँगै मोदी १ भुक अब बालमैत्री वडा घोषणा गर्ने अन्तिम तयारीमा जुटिरहेको जनाईएको छ। विद्यालय,स्वास्थ्य चौकी,वडा कार्यलयमा गई सुचकहरुको अनुगमन गरिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख बिष्णुराम विकले बालमैत्री वडाका लागि आवश्यक मापदण्ड पुरागरेको र नपुग सहजिकरण हुने कुरामा आफु विश्वस्त रहेको जनाउनुभयो । उहाले समन्वयको तर्फबाट पनि यस कार्यमा सक्दो सहयोग गर्ने बताउनुभयो ।
मोदी गाँउपालिकाका अध्यक्ष हिरादेवी शर्माले अनुगमनका क्रममा २०८४ सम्म पालिकालाईनै पुर्ण बालमैत्री पालिका घोषणा गरी बालबालिकालाई हरेक क्षेत्रमा अब्बल बनाउने तयारी भएको बताउनुभयो । मोदी गाँउपालिकाले भाद्र २९ गते बाल दिवसका दिन पुर्ण बालमैत्री वडा घोषणा गर्ने तयारी गरेको छ । यो सँग मोदीले तीन वटा वडालाई बालमैत्री वडा घोषणा गर्दै छ ।
