आगामी बुधबार सम्म बाग्मती, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने

काठमाण्डौ ।

अबका केही दिन रातिको समयमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । गएराति पनि काठमाण्डौ उपत्यकासहित वागमती र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे पानी परेको थियो । आउँदो बुधबारसम्म नै विभिन्न ठाउँमा राति मुसलधारे पानी पर्ने सम्भावना रहेको महाशाखाकी मौसमविद् बिनु महर्जनले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज र भोलि पूर्वी र मध्य तथा मंगलवार र बुधवार पश्चिमी क्षेत्रमा मुसलधारे वर्षाको सम्भावना धेरै छ । अहिले मनसुन न्यूनचापीय रेखा सरदर स्थान आसपासमै रहे पनि मनसुनी गतिविधि भने थप सक्रिय बन्ने देखिएको मौसमविद् महर्जनले बताउनुभयो ।

आज राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले निकालेको बुलेटिनमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *