युवा संघ पर्वतको भेलामा झडप हुँदा एक जना घाइते

पर्वत।

राष्ट्रिय युवा संघ पर्वतको विस्तारित भेलामा झडप भएको छ । जिल्ला पार्टी कार्यालयमा भएको भेलाका क्रममा दुई पक्षबीच विवाद भएपछि झडप भएको हो । झडपमा परी एमाले प्रदेश कमिटी सदस्य एवम् युवा संघका केन्द्रीय सदस्य अर्जुन पौडेलसहितका नेता घाइते भएका छन् । पौडेलको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ ।

एक पक्षले पार्टी पदाधिकारीमाथि हातपात गर्न थालेपछि झडपको स्थिति भएको अर्को पक्षको दाबी छ । युवा संघका अध्यक्ष विनोद थापा र सचिव प्रकाश थकाली अधिवेशन नगर्ने पक्षमा थिए । तर, एमाले पर्वतको पहलमा बोलाइएको अधिवेशनमा झडप हुँदा पौडेल घाइते भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *