शिक्षकको नियुक्ति शतप्रतिशत खुला प्रतिस्पर्धाबाट गर्न अखिल क्रान्तिकारीको माग

काठमाडौं ।
माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले शिक्षकको नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्न माग गरेको छ ।

विद्यालय शिक्षा विधेयकमा अस्थायी प्रकृतिका शिक्षकको पदपूर्ति गर्दा ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला गर्ने सहमति भएपछि क्रान्तिकारीले सबै खुला गर्नुपर्ने माग राखेको हो ।

प्रत्येक नागरिकलाई आधारभूत तह सम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तह सम्मको शिक्षा निःशुल्क पाउने हक सम्बन्धीको मर्म अनुसार विद्यालय शिक्षा विधेयक बनाउन क्रान्तिकारीले माग गरेको छ ।

राज्यकोषबाट सेवा सुविधा लिने व्यक्तिहरुका छोराछोरीहरुलाई अनिवार्य रुपमा सार्वजनिक विद्यालयमा पढाउने कानूनी व्यवस्था गर्न पनि क्रान्तिकारीले माग गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *