पर्वत ।
मोदी गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि कुल ५८ करोड ४९ लाख ८८ हजार ५० रुपैंयाको बजेट सार्वजनिक गरेको गरेको छ । गाउँ सभाको १५ औं अधिवेशनमा गाउँपालिका उपाध्यक्ष बिमल लामिछानेले उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।
मोदी गाँउपालिका अध्यक्ष हिरा देवी शर्माले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन,उधम,पुर्वाधार निर्माण लगायतका कामलाई प्राथमिकतामा राखिएको छ। मोदी वासीको आवश्यकता र गाउँपालिका स्तरीय स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पालिका स्तरीय मोदी आधारभुत अस्पताल सञ्चालनमा ल्याईने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
पालिकाको आन्तरिक स्रोत पर्यटन, कृषि हाईड्रोपावर ,उधम लगायत भएकोले यसैबाट समृद्ध गाँउपालिका बनाउन सकिने विश्वास रहेको बताईएको छ । अध्यक्ष हिरादेवी शर्माले प्रस्तुत गर्नुभएको नीति, कार्यक्रम गाउँ सभाले पारित गरेको छ ।
साथै सभामा आर्थिक बिधेयक २०८१,बिनियोजन बिधेयक २०८१,न्यायिक समितिको बार्षिक प्रतिबेदन,म.ले.प बार्षिक प्रतिबेदन , खानेपानी सरसफाई ऐन र सार्वजनिक निजि साझेदारी ऐन गाउँ सभामा प्रस्तुत भएका छन l
पालिकाको बजेट अन्तर्गत ससर्त अनुदान, समपुकर अनुदान तथा विशेष अनुदान बाहेक २४ करोड ७३ लाख ६८ हजार ५ सय ५० रुपैया गाउँपालिकाले परिचालन गर्ने खर्च रहेको छ । उक्त खर्च मध्ये ८ करोड ४९ लाख ४४ हजार रुर्पंया चालु खर्च तर्फ र १६ करोड २४ लाख २४ हजार ५ सय ५० रुपैंया पुँजीगत खर्च तर्फ रहेको छ ।
बजेट असार २५ गते गाउँ सभाको दोस्रो बैठकमा छलफल गरी पारित हुने छ ।