पर्वत ।
मोदी गाउँपालिकाको आयोजना तथा जिभाय नेपालको सहकार्यमा मिति २०८१ बैशाख ३१ गतेका दिन गाउँपालिकामा रहेका सम्पुर्ण सामुदायिक सरकारी बिधालयमा कार्यरत शिक्षक शिक्षिका हरुको उपस्तिथिमा मुख स्वास्थय सम्बन्धि एक दिने अभिमुखिकरण तथा सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
उद्घाटन सत्रको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिमल लामिछाने को अध्यक्षता रहेको थियो । प्रकाश चन्द्र सुवेदीको सन्चालनमा संचालित कार्यक्रममा स्वागत सहित कार्यक्रमको लक्ष्य उद्देश्य उमेश कुमार अधिकारी तथा सुभकामना मन्तव्य दिनेश शर्माले राख्नु भएको थियो ।
गत आर्थिक बर्ष देखि प्राथमिक तहमा अध्यनरत बिद्यार्थी हरुका लागी मुख स्वास्थ्य कार्यक्रम अन्तरगत दैनिक बिधालय ब्रसिङ कार्यक्रम निरन्तर सन्चालनमा रहेको छ ।