बिरामी बोकेको एम्बुलेन्स अर्मादीमा बस सँग ठोकियो; ३ जना घाइते, एकजनाकाे अवस्था गम्भीर

पर्वत।

जिल्लाको अर्मादीमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका डीएसपी खुमलाल भुसालका अनुसार बागलुङबाट पोखरा आउँदै गरेको एम्बुलेन्स कुश्मा नगरपालिका-२, कुश्मा-बागलुङ सडकखण्ड अन्तर्गत पर्ने अर्मादीमा पोखरादेखि बागलुङ जाँदै गरेको यात्रुवाहक बससँग ठोकिएको हो ।

प्रहरीका अनुसार ग १ झ ६९५ नम्बरको बिरामी बोकेको एम्बुलेन्स र बा ०६००१०३०९ नम्बरको बस एकआपसमा ठोकिँदा दुर्घटना भएको हो ।  एम्बुलेन्समा जलजला गाउँ पालिकाका २ जना बिरामी र एकजना आफन्त सवार थिए । बस, एम्बुलेन्स र चालकलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *