लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

काठमाण्डौ ।

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि दलहरूलाई सोमबार साँझ साढे छ बजेसम्मको समय दिएर दाबी पेस गर्न आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *