पर्वत ।
मोदी गाउँपालिकाको आयोजनामा माध्यमिक शिक्षा परीक्षा लक्षित विषयगत हाजिरीजवाफ प्रतियोगिता शनिबार सम्पन्न भएको छ । गाउँ पालिका अन्तरगतका सबै १२ वटा माध्यमिक बिद्यालय सहभागी भएको कार्यक्रममा नवजागृत माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ ।
त्यसैगरी द्वितीय स्थान सरस्वती माध्यमिक विद्यालय, तृतिय देउपुर नमुना आवासीय माध्यमिक विद्यालय भएका थिए भने जननेत्र माध्यमिक विद्यालयले सान्त्वना स्थान हात पारेको छ । प्रथम स्थान हासिल गर्ने बिद्यालयले पुरस्कार स्वरुप नगद रु १२ हजार ट्रफि मेडल र प्रमाणपत्र, दितीय स्थान हासिल गर्ने बिद्यालयले नगद रु ८ हजार ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे भने तृतीय र सान्त्वना स्थान हासिल गर्ने बिद्यालयहरुले क्रमशः ६हजार र ४ हजार नगद सहित ट्रफि मेडल र प्रमाणपत्र हात पारे ।
कार्यक्रममा सहभागी सबै बिद्यालयलाई यातायात खर्च सहित सहभागिताको प्रमाणपत्र बितरण गरिएको थियो । उक्त कार्यक्रमले आगामी चैत्र १९ गते देखि शुरु हुने एसईईमा सहयोग पुग्ने अपेक्षा गरिएको गाउँ पालिकाले जनाएको छ ।






