पर्वत ।
नेपालको शिक्षा क्षेत्रमा काम गर्दै आई रहेको सामाजिक संस्था गुड नेबर्स इन्टरनेशनल नेपालले
बिहीबार विद्यार्थीहरुलाई खाद्यान्न सामाग्री वितरण गरेको छ ।
मोदी गाउँ पालिकाको वडा नं २ देउपुरमा रहेको जननेत्र मावि र वडा नं ३ मा रहेको जन ज्योति आविमा आयोजित छुट्टा छुट्टै कार्यक्रमका बीच विभिन्न विद्यालयमा अध्ययनरत गरीब तथा बिपन्न परिवारका बालबालिकाहरुलाई आटा, तेल, चना लगायतका सामाग्रीहरु वितरण गरिएको हो ।
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा समाज कल्याण स्रोत विकास केन्द्र( सोडेक) नेपालद्वारा संचालित एकिकृत सामुदायिक विकास परियोजना अन्तर्गत जिल्लाको मोदी गाउँ पालिकाका चार वटा वडाहरु भुक ताङ्ले, देउपुर, देउराली र क्याङ
फलेबास नगरपालिका वडा नं १,२,७,८,र ९ कार्कीनेटा, थापाठाना, लिमिठाना, ठानामौला र भँगरा कुस्मा नगरपालिका वडा नं १ पाङ ततरकोट का ४० विद्यालयका ११४९ जना बालबालिकाहरू लाभान्वित हुने भएका छन् ।
खाद्य सहयोग कार्यक्रममा प्रति विद्यार्थी १० केजी आटा, २ लिटर तेल, डेढ किलो चना उपलब्ध गराइएको छ । सो कार्यक्रम अन्तर्गत १५ लाख एकाउन्न हजार रुपैया खर्च भएको सोडेक नेपालका शिक्षा तथा संरक्षण अधिकृत ऋषिराम भुसालले जानकारी दिनु भयो ।
देउपुरमा आयोजित कार्यक्रममा बोल्दै गुड नेबर्सका पर्वत जिल्ला संयोजक मन कुमार राईले विद्यार्थीहरुको स्वास्थ्य तथा पोषण स्थितिमा सुधार ल्याउन कार्यक्रमले सहयोग पुग्ने विचार व्यक्त गर्नु भयो ।
कार्यक्रममा पूर्व वडाध्यक्ष एबम् जन नेत्र माबिको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास तिमिल्सिनाले सहयोगी संस्थालाई धन्यबाद ज्ञापन गर्दै कार्यक्रमलाई अझै विस्तार गर्न सके धेरै बालबालिका लाभान्वित हुने विचार व्यक्त गर्नु भयो । उहाँले स्वस्थ शरीरमा नै स्वस्थ दिमाग हुने भएकोले बालबालिकाको पोषणमा उचित ध्यान दिन अभिभाबकहरुलाई आग्रह समेत गर्नु भएको थियो ।
सो कार्यक्रमको सञ्चालन जन नेत्र माविका शिक्षक भूमिराज शर्माले गर्नु भएको थियो ।