मोदीको राम्जामा बालमैत्री स्थानीय शासन सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न,

पर्वत।

मोदी गाँउपालिकाकाे वडा नं ७ राम्जा देउरालीमा बालमैत्री स्थानीय शासन प्रवर्धन तथा व्यवस्थापन सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय पर्वतको आयोजना र मोदी गाँउपालिकाको समन्वयमा कार्यक्रम आयोजना भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै मोदी गाँउपालिकाका उपाध्यक्ष बिमल लामिछानेले बालबाललिका सम्बन्धि नितीगत व्यवस्था, योजना तथा कार्यक्रम कार्यान्वयनमा उनीहरुको समेत सहभागीता रहनुपर्ने कुरामा जोड दिदै विकास र निती निर्माणका क्रममा बालमैत्री अवधारणालाई आत्मसात गरिने बताउनुभयो ।

वडाध्यक्ष दुर्गा प्रसाद गौतमको अध्यक्षतामा १२ सदस्यीय स्थानीय वालमैत्री वडा समिति गठन भएको छ ।वडा सचिव सविता ढकाल सदस्य सचिव रहनुभएको सो समितिमा बाल सञ्जाल, क्लब ,स्वयंसेविका ,गैरसरकारी संस्थाका प्रतिनिधिहरु ,विधालयका प्रध्यानध्यापक सदस्य रहने व्यवस्था छ । सोही अवसरमा मोदी ७ राम्जामा वि.स २०८२ साल आर्थिक मसान्त भित्र बाल मैत्री वडा घोषणा गर्ने प्रतिबद्धता समेत गरिएको छ ।

कार्यक्रममा वडा अध्यक्ष, सदस्य, विधालयका प्रध्यानाध्यापक ,विधालय ब्यवस्थापन समितिका अध्यक्षहरु,स्वयंसेविका ,सरकारी एवं गैरसकारी निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *