पर्वतमा सामान्य वर्षा र हिमपात

पर्वत ।

बुधबारको सामान्य वर्षा सँगै जिल्लाको उच्च पहाडी भागमा रहेका विभिन्न स्थानमा हिमपात भएको छ । जिल्लाको उत्तरी भेगमा रहेको हम्पाल क्षेत्रमा हिमपातसँगै बढेको चिसोले जनजीवन पनि प्रभावित भएको छ ।

जलजला र मोदीका उच्च स्थानहरू हम्पाल, डाँडा कटेरी, हल्जुरे, माटेकाे लेक, कोखे डाँडा, लगायतका स्थानहरुमा सामान्य हिउँ परेको छ । वर्षा र हिउँ परे सँगै कृषकहरु खुशी भएका छन् ।

यस वर्षको हिउँदमा वर्षा नहुँदा हिउँदे बाली राम्रो हुन सकेको थिएन । ढिलै भए पनि भएको सामान्य वर्षा र हिमपातले हिउँदे बालीलाई राहत भएको छ ।

आजपनि गण्डकी प्रदेशका केही भागमा वर्षा सँगै हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *