पर्वत ।
मोदी गाउँपालिकाद्वारा आयोजित खुला तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता मा कुल १२ टिमले सहभागिता जनाएका थिए । ती मध्ये समाजसेवा महिला समूह मोदी -२ ले प्रथम स्थान हासिल गर्दै नगद १५ हजार पुरस्कार र प्रमाणपत्र हात पारेको छ ।
त्यसै गरी माझगाउँ आमा समूह मोदी -३, ले द्वितीय स्थान प्राप्त गरी १० हजार नगद पुरस्कार र प्रमाण पत्र प्राप्त गर्न सफल भएको छ । डिमुवा आमा समूह मोदी -६ ले तृतीय स्थान सहित ७ हजार र नव ज्योति आमा समूह मोदी -१ ले सान्त्वना स्थान हासिल गरी ५ हजार नगद र प्रमाणपत्र प्राप्त गर्न सफल भएका छ्न ।
प्रतियोगितामा सहभागी समुहहरुले महिला सशक्तिकरण, उद्यमशीलता, सचेतनामुलक, मौलिक , सांस्कृतिक, र समसामयिक विषयबस्तुमा आधारित रहेर गीत तथा नृत्य प्रस्तुत गरेका थिए । सहभागीहरुले समाजमा बढ्दो महिला हिंसा, बेरोजगारी, भ्रष्ट्राचार, विकृति, विसंगति अन्त्य गर्न आह्वान गर्दै गीत मार्फत सन्देश दिएका थिए ।
गाउँपालिका अध्यक्ष हिरादेवि शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि माननीय भक्त कुवरले उदघाट्न तथा पुरस्कार वितरण गर्नु भएको थियो ।

