मानव अधिकारको लागि एकल महिलाहरुले बुझाए ज्ञापन पत्र

पर्वत ।

मानव अधिकारको लागि महिला, एकल महिला समूहले “एकल महिला सुरक्षा कोष कार्यान्वयनका लागि आज देशै भरका सबै स्थानीय तहहरुमा ज्ञापन पत्र बुझाएको छ।

उक्त कार्यक्रम अन्तर्गत पर्वत शाखाले पनि कुश्मा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद तिवारी ,र कुश्मा नगरपालिका सामाजिक बिकास शाखामा कार्यरत चेत कुमारी शर्मालाई ,मोदि गाउँपालिकामा अध्यक्ष हिरादेवी शर्मालाई ज्ञापन पत्र बुझाउने कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा एकल महिला समूह पर्बतका अध्यक्ष अजिता शर्मा, सचीव खिममाया पाइजा गिरि, सदस्यहरु भिम कुमारी के सि,भगवती पौडेल,अश्मिता के सि,सपना शर्मा,राधा पौडेल,बिष्णु शर्मा,पबित्रा श्रेष्ठ,रिता अधिकारी,सरस्वती के सि,लक्ष्मी रिजाल,बिष्णु के सि,बिमला बस्नेतको सहभागिता रहेको थियो ।

ज्ञापन पत्र बुझ्दै मोदी गाउपालिकाका अध्यक्ष हिरादेबी शर्माले पालिकाको ऐन कानून , कार्यविधि अनुसार एकल महिलाहरुलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *