मोदीमा अन्तर बिद्यालय शिक्षक तथा विद्यार्थी वक्तृत्वकला प्रतियोगिता सम्पन्न

हरितालिका तीज-२०८३ को अवसरमा अन्तर बिद्यालय शिक्षक तथा विद्यार्थी वक्तृत्वकला प्रतियोगिता आइतबार पातीचौरमा सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन , मोदि पालिका समिति पर्बतको आयोजनामा सो कार्यक्रम गरिएको हो ।
उक्त प्रतियोगितामा विद्यार्थी तर्फ ९ वटा विद्यालयहरूको सहभागिता रहेको थियो भने शिक्षक तर्फ ६ बिद्यालयका सहभागीले प्रतिस्पर्धा गरेका थिए ।

उक्त कार्यक्रममा बिद्यार्थी तर्फ नबजागृत मावि तिलाहारकी छात्रा साची शर्मा प्रथम, सरस्वती माबि बाजुङकी छात्रा लियोसा शर्मा द्वितिय, जनसिद्द माबि चित्रेकी छात्रा प्रतिभा पौडेल तृतिय तथा देउपुर नमुना मा.वि.की छात्रा -दिपिका शर्माले सान्त्वना स्थान प्राप्त गरेका थिए ।

त्यसैगरी शिक्षक तर्फ जनसिद्द माविकी शिक्षक आरती पौडेल प्रथम, तुलोदय माबिकी शिक्षक कल्पना रेग्मी द्दितिय ,पशुपती माबिका शिक्षक अर्जुन शर्मा पौडेल तृतिय तथा महेन्द्र शिखरी माबिकी नबिना ले सान्त्वना स्थान प्राप्त गर्नु भएको थियो ।सबै बिजयी प्रतियोगीहरुलाइ नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

सो कार्यक्रम मोदी गाउपालिका अध्यक्ष हिरा देबी शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *