पर्वत ।
जिल्लाको मोदी गाउँपालिकाका कृषकले बिमा दावी वापतको रकम प्राप्त गरेका छन् । शिखर इन्सोरेन्स कम्पनी र मोदीखोला बहुउेश्यीय सहकारीका वीचमा भएको सम्झौता अनुसार कृषकहरुले बिमा दावी वापतको २ लाख ६५ हजार ६ सय रुपैया रकम प्राप्त गरेका हुन् ।सहकारीमा आवद्ध १६ जना कृषकले उक्त रकम प्राप्त गरेको कम्पनीका कुश्मा शाखा प्रमुख प्रकाश पौडेलले जानकारी दिए ।
मोदी गाउँपालिकाको वडा न २ र ५ का कृषकहरुले उक्त रकम प्राप्त गरेका हुन । सरकारले पछिल्लो समय कृषि बिमामा समेत सहुलिएत प्रदान गर्दै आइरहेको छ । कुनै पनि कृषकले आफ्नो बालीको बिमा गराउन चाहेमा कुल प्रिमियम रकमको ८० प्रतिशतसम्मको रकम सरकारले अनुदान दिने गर्दछ । कृषकको बालीनालीलाई क्षति न्यूनिकरण गर्नका लागि कृषि बिमा गर्न सकिन्छ ।