कटुवा चौपारीकाे अलपेश्वर गुफामा भोलिदेखि श्रीमद् भागवत धनधान्याञ्चल महायज्ञ शुरू हुँदै,

पर्वत

जिल्लाको कुस्मा नगरपालिका ९ मा रहेको अल्पेश्वर गुफा परिसरको विकास, प्रचारप्रसार तथा अक्षयकोष स्थापनाका लागि श्रीमद्भागवत धनधान्यञ्चल महायज्ञ गरिने भएको छ । अल्पेश्वर गुफा परिसर कटुवाचौपारीमा भोलीबाट शुरु हुने महायज्ञ माघ २९ गते सम्म सञ्चालन हुने भएको हो । आयोजकले आज पत्रकार सम्मेलन गर्दै सबै तयारी पुरा भएको जनाएको छ ।

आयोजक समितिका अध्यक्ष सुरेशवहादुर पिसीले महायज्ञ मार्फत कुमार र नन्दीको मूर्ति स्थापना गर्न लागिएको बताउनुभयो । उहाँले अन्तराष्ट्रिय ख्यातीप्रप्त कथावाचक पण्डित चन्द्रकान्त पौडेलले कथावाचन गर्नुहुने बताउनुभयो । दैनिक ३ हजार जना मानिसहरु दर्शनका लागि आउने आयोजकको दाबी छ ।

महायज्ञ मार्फत ६÷७ करोड आम्दानी गर्ने अपेक्षा छ । पत्रकार सम्मेलनमा महायज्ञका लागि कटुवाचौपारी लगायत छिमेकी गाउँका २ सय जना आयोजक सदस्य बनिसकेको बतार्ईएको छ । गण्डकी प्रदेशका बन, पर्यटन तथा उद्योग मन्त्री दिपेन्द्रबहादुर थापाले महायज्ञको उद्घाटन गर्नुहुने भएको छ । कार्यक्रममा महायज्ञ लाई सफल बनाउन आयोजकले गरेको व्यवस्थापनको तयारीको बारेमा प्रचारप्रसार संयोजक केशवदास बैरागीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दैनिक रुपमा कथावाचन सहित हवन, भजन किर्तन, दिप प्रज्वलन, पितृ उद्धारका कार्यक्रम, झाँकी, रुद्राभिषेक लगायतका कार्यक्रम हुने भएका छन् ।संस्थापक सदस्य एवं सामाजिक अभियान्ता शिव शर्मा अधिकारीले ऐतिहाँसिक अल्पेश्वर गुफाको विकासमा महायज्ञ कोशेढुंगा सावित हुने बताउनुभयो । अधिकारीले अल्पेश्वर गुफाको महत्व ठूलो रहेको भन्दै यसको विकासमा धार्मिक क्षेत्र संगै सरकारी निकायको ध्यानाकर्षण गर्न लागिएको बताउनुभयो ।

मुल आयोजक समितिले देवादिदेव महादेव र पार्वतीको क्रिडास्थलको रुपमा रहेको पर्वत जिल्ला र अल्पेश्वर गुफाको महत्व लाई उजागर गर्न पनि महायज्ञ सफल हुने बताएको छ । २०६३ सालमा यो गुफा पत्ता लगाईएको थियो । यो गुफा ७ सय मिटर लामो रहेको छ ।

अहिले विभिन्न चाडपर्वमा पूजाआजा र दैनिक रुपमा पूजारी मार्फत पूजाआजाका कार्य हुने गरेको छ । पर्वतको सदरमुकाम कुश्मा संगै जोडिएको अलौकिक अल्पेश्वर गुफाको व्यापक प्रचारप्रसार हुन नसक्दा अहिले पनि ओझेलमै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *