स्थानिय प्रशासनद्वारा कोटेश्वर क्षेत्रमा राति १० बजेसम्म कर्फ्यु जारी

काठमाडौं ।

तीनकुने क्षेत्रमा प्रदर्शन उग्र बन्दै गएपछि स्थितिलाई नियन्त्रणमा लिन नेपाली सेना सडकमा उत्रिएको छ। राजावादीहरुको प्रदर्शन हिंसात्मक बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु जारी गरेको हो।

राजावादीहरुले तीनकुने क्षेत्रमा आगजनी तथा तोडफोडको क्रम जारी राखेपछि प्रशासनले राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ।

प्रदर्शनकारीहरुले राजधानीको ठाउँ ठाउँमा आगजनी,  तोडफोड र लुटपाट गरेका छन्। ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *