पर्वत ।
जिल्लामा बिभिन्न नयाँ नयाँ साहसिक खेलहरु सञ्चालन गर्ने क्रम चलिरहेको अवस्थामा पर्वतका दुई युवाले रु. दुई करोड भन्दा बढि लगानी गरेर स्केट पार्क संचालन गरेका छन् ।
सदरमुकाम कुश्माबजारको बन्जी साईडमा सुविधा सम्पन्न पर्वत स्केट पार्क खोलिएको हो । लामो समयदेखि खेल क्षेत्रमा सक्रिय बनेका मोदी गाउँपालिका ६ डिमुवाका लक्ष्मण श्रेष्ठ र कुश्माका जगदीश सुवेदीले स्केट पार्क संचालनमा ल्याएका हुन ।
पछिल्लो समय बालबालिका तथा किशोर किशोरीहरुमा मोवाईल र सामाजिक सञ्जालतर्फको लत बढ्दै गएको र यो खेलतर्फ आकर्षण गर्न सकेमा उनिहरुको स्वास्थ्यमा समेत फाईदा पुग्ला भन्ने उद्धेश्यले स्केटपार्क संचालन गरिएको संचालक लक्ष्मण श्रेष्ठले जानकारी दिनुभयो ।
स्केटपार्कमा सानो देखि ठुलो उमेरका मानिहरुले स्केटिङ्ग गरेर मज्जा लिन सक्ने भएका छन् । स्केटिङ्ग पार्कको भोली शुक्रवार एक औपचारिक कार्यक्रमका साथ उद्घाटन हुँदैछ ।